Skip

Hamro Sanchar

नेपाल कमर्स क्याम्पसका प्राध्यापकको हत्या आरोपी पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ साउन, १६ गते


काठमाडौँ । काठमाडौँको मिनभवन स्थित नेपाल कमर्स क्याम्पसका प्राध्यापकको हत्यामा संलग्न आरोपी १७ वर्षपछि पक्राउ परेका छन ।

पक्राउ पर्नेमा रञ्जन खड्का छन् । २०६४ सालमा खड्काको समूहले तत्कालीन क्याम्पस प्रमुख धर्मराज विष्टको हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले घटनाबारे जानकारी गराउन पत्रकार सम्मेलनको आयोजना गरेको छ । खड्का कोटेश्वरबाट पक्राउ परेका हुन् ।

हत्यामा संलग्न धादिङ गंगाजमुना गाउँपालिका–७ घर भएकी सबिता थापा अधिकारी भनिने सोभिता थापा यसअघि नै पक्राउ परेकी थिइन् । हाल उनी कारागारमा छिन् ।

२०६४ असार २६ मा ललितपुर महानगरपालिका–२२ स्थित शंखमुलमा धर्मराज विष्ट मृत भेटिएका थिए । त्यतिबेला कमर्स क्याम्पसमा स्नातक तहमा अध्ययनरत शोभिताको योजनामा हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

हत्यामा संलग्न सोभिताका भाइ विनोद थापा जेल सजाय काटर २०७९ असोजमा रिहा भएका छन् । अर्का प्रतिवादी भक्तपुर लोकन्थलीका राजीव पाण्डे पनि २०७६ मा डिल्लीबजार कारागारबाट रिहा भएका छन् ।


प्रतिकृया दिनुहोस्