Hamro Sanchar

गोली लागेको कानमा पट्टी बाँधेर पार्टीको राष्ट्रिय सम्मेलनमा ट्रम्प

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ साउन, १ गते


Advertisement

काठमाडौँ, साउन १- अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प आफूविरुद्ध भएको गोली प्रहारपछि पहिलोपटक सार्वजनिक रूपमा देखा परेका छन् ।

रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलनका लागि मिलवाकी आइपुग्दा ट्रम्पको कानमा पट्टी बाँधिएको थियो ।

उनको दाहिने कानमा ठूलो ब्यान्डेज थियो, जहाँ गोली लागेको थियो ।

रिपब्लिकनबाट उपराष्ट्रपति पदका उम्मेदवार जेडी भान्स पनि उनीसँगै देब्रेतर्फ उपस्थित थिए । पार्टीका सिनेटर ब्यारोन डोनाल्ड्स दायाँतर्फ उभिरहेका थिए । उनका छोराहरू एरिक र डोनाल्ड जूनियर पनि उनीसँगै थिए । परिवारका अन्य सदस्यहरू पनि सँगै उभिरहेका थिए ।

राष्ट्रिय सम्मेलनमा वक्ताहरूको भाषणका क्रममा ट्रम्प मुस्कुराउँदै देखिएका थिए । बीचमा ताली बजाउँदै थिए । ट्रम्पलाई भ्यान्स र डोनाल्ड्सतर्फ फर्केर भाषणहरूमा टिप्पणी गरेको देखियो ।

शनिबार साँझ पेन्सिलभेनियाको बटलरमा आयोजित रिपब्लिकन पार्टीको र्‍यालीमा भाषण दिइरहेका बेला ट्रम्पलाई गोली हानिएको थियो । गोली ट्रम्पको दाहिने कानलाई छोएर गएको थियो ।

ट्रम्पलाई गोली हान्ने २० वर्षीय युवक म्याथ्यु थोमस क्रुक्सलाई सुरक्षाकर्मीले तत्काल गोली हानेर मारेको थियो ।

 


प्रतिकृया दिनुहोस्