Hamro Sanchar

मन्त्रीहरूलाई प्रधानमन्त्री ओलीको निर्देशन : एक महिनाभित्र परिणाममुखी काम गरेर देखाउनुस्

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असार, ३२ गते


Advertisement

काठमाडौं, असार ३१- प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिनाभित्र परिणाममुखी काम गरेर देखाउन मन्त्रीहरूलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकमा ओलीले केही न केही फरक काम गरेर देखाउन निर्देशन दिएका हुन् ।

‘प्रधानमन्त्रीज्युल क्याबिनेटका प्रत्येक मन्त्रीलाई एक महिनाभित्र केही न केही गरेर देखाउन निर्देशन दिनुभएको छ । उहाँले परिणाममुखी काम गरेर देखाउन मन्त्रीहरूलाई निर्देशन दिनुभएको छ,’ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भने ।

प्रधानमन्त्री ओलीले यो सरकारले अब केही न केही गर्छ भन्ने सन्देश दिनलाई महिना दिनभित्रै प्रभावकारी काम गरेर देखाउन निर्देशन दिएको मन्त्री गुरुङले बताए ।


प्रतिकृया दिनुहोस्