Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

विभिन्न कार्यक्रम गरी साँखु जेसिजले ‘जेसिज सप्ताह’ मनाउने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असार, २९ गते


Advertisement

काठमाडौं, असार २८- सन् २००० मा स्थापना भई शंखरापुर नगरपालिकामा विभिन्न सामाजिक कार्यक्रममा सक्रिय साँखु जेसिसले ‘जेसिज सप्ताह’ २०२४ मनाउने भएको छ । बिहिबार साँखुस्थित जेसिज सचिवालयमा पत्रकार सम्मेलनमा साँखु जेसिजका अध्यक्ष रण बहादुर स्याङ्तानले सो कुराको जानकारी दिएका हुन् ।

जेसिज सप्ताहको शुरुवात स्वरुप शुक्रबारदेखी विभिन्न कार्यक्रम शुरुवात गर्दैछ । यसैअनुरुप जेसिजले रक्तदान कार्यक्रम, फुटशल प्रतियिगिता तथा बक्तृत्वकला प्रतीयोगिताको समेत आयोजना गर्दैछ । सप्ताहलाई भब्यताका साथ सम्पन्न गर्न यस संस्थामा सक्रिय महानुभावहरुलाई विभिन्न जिम्मेवारी प्रदान गरिएको साँखु जेसिजका निवर्तमान अध्यक्ष जेसि गणेश दुलालले बताए । जसअन्तर्गत साउन ५ गते जीवन स्याङतानको संयोजकत्वमा रक्तदान कार्यक्रम गर्ने, साउन १२ गते अच्युत दुलालको संयोजक्त्वमा साईबर सेक्युरिटी तालिम, साउन १९ गते दिनेश तिवारीको संयोजत्वमा टेबुल टेनिस प्रतियोगिता, साउन २५ गते बिपना नेपालिको संयोज्कत्वमा बक्तृत्वकला प्रतियोगिता, साउन २६-२७ गते फुटशल प्रतियोगिता जेसि महेश केसिको संयोजक्त्वमा आयोजना गरी भदौ १ गते रुपक पोखरलेको संयोजकत्वमा सप्ताह समापन गरिने साँखु जेसिजकि कार्यकारीणि उपाध्यक्ष रेखा दाहाल दुलालले बताइन् ।

शंखरापुर नगरपालिकाका विभिन्न सामाजिक कार्यमा सक्रिय साँखु जेसिजले कोरोना महामारीमा राहत बितरण तथा पुनस्थापना कार्यक्रमको समेत आयोजना गरेको थियो । साँखु जेसिसले यस सप्ताहमार्फत साँखु जेसिजले समुदायमा रहेर बिभिन्न सामजिक कार्य गर्ने उदेश्यले यो कार्यक्रम आयोजना गरिएको साँखु जेसिजका अध्यक्ष रण बहादुर स्याङतानले बताए ।


प्रतिकृया दिनुहोस्