
मकवानपुर, असार ३- मकवानपुरकाे राक्सिराङ गाउँपालिकामा चट्याङ लागेर एक जनाकाे मृत्यु भएको छ ।
चट्याङ लागेर राक्सिराङ–२ थुम्कीका ४५ वर्षीय वीरबहादुर प्रजाकाे ज्यान गएकाे मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मी भण्डारीले जानकारी दिए । आज बिहान घरमै सुतिरहेका बेला प्रजालाई चट्याङ लागेकाे प्रहरीले जनाएकाे छ ।


















