Skip

Hamro Sanchar

१४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, ३० गते


काठमाडौँ, जेठ ३०- भोजपुरको हतुवागढीबाट प्रहरीले बलात्कारमा संलग्न रहेको आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हतुवागढी गाउँपालिका–९ बस्ने २५ वर्षीय रिठ्ठे भन्ने विशाल मगर रहेका छन् ।

मगरले १४ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ । बालिकाको घर नजिकैको गोठमा उनले वैशाख ७ मा साँझ बलात्कार गर्दा गर्भ समेत रहेको जाहेरीको आधारमा आरोपीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

विशालविरुद्ध ५ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।


प्रतिकृया दिनुहोस्