काठमाडौं, जेठ २९- नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य झक्कुप्रसाद सुवेदीले जनता पुराना पार्टीसँग रिसाएर नयाँ राजनीतिक दल आएको भन्नेकुरा सत्य नभएको बताएका छन् ।
मंगलबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो तथ्यलाई अहिले हल्लाले छोपेको जिकिर गरे ।
उनले पुराना पार्टीप्रतिको निराशाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको उदय भएको नभई नयाँ संविधानले उनीहरुलाई जन्माएको बताए ।
‘बालेन, हर्क र रविहरु नयाँ संविधानले जन्माएका हुन् । यदि यो संविधान हाम्रो त्यति ठूलो बलिदानबाट, कुवार्नीबाट आउँदैन थियो भने रवि, बालेन र हर्कहरुको यहाँ उपस्थिति देखिँदैन थियो ।’ उनले भने ।