
काठमाडौं, जेठ २९- वैवाहिक बलात्कार मुद्दामा दोषी ठहर भएका जिल्ला न्यायाधीश भुवन गिरीलाई सात वर्ष कैद र तीन लाख जरिवाना तोकिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले मंगलबार गिरीकाे सजाय तोकेको हो ।
यसअघि जेठ १३ गते न्यायाधीश भुसालकै इजलासले गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । सजाय निर्धारणाका लागि भने आजकाे पेसी ताेकिएकाे थियाे ।
जिल्ला अदालत कपिलवस्तुमा न्यायाधीश रहँदा गिरीकी श्रीमतीले प्रहरीमा जाहेरी दिएकी थिइन् । जाहेरीका आधारमा अदालतमा मुद्दा दर्ता भएपछि न्यायपरिषद्ले गिरीलाई निलम्बन गरेकाे थियाे ।













