Skip

Hamro Sanchar

कर्णाली नदी माथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा फसे १४ खच्चर

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, २७ गते


काठमाडौं, जेठ २७- दैलेखमा १४ वटा खच्चर कर्णाली नदी माथिको झोलुंगे पुलमा फसेका छन् ।

दैलेखको आठबीस नगरपालिका–४ खिड्कीज्युला र अछामको पञ्चदेवल नगरपालिका जोड्ने झोलुंगे पुलको लठ्ठा चुँडिदा जालीबाट खुट्टा छिर्दा १४ वटा खच्चर दुई घन्टादेखि फसेका छन् ।

आइतबार बिहान पञ्चदेवल नगरपालिकातर्फबाट सामान लिन आठबीस नगरपालिकाको राकम बजार आउँदै गर्दा पुलको छेउको जालीमा खच्चर फसेको आठबिस नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष टेकबहादुर माझीले बताए ।

पुलको हिँडने भाग एकातर्फ झुकेको छ । उक्त भाग झुकेपछि खच्चरका खुट्टा जालीमुनि परेको छ ।

दैलेखका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुनील दाहालका अनुसार घटनास्थलमा प्रहरी पुगेको छ । जिल्ला सदरमुकामबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी गएको उनले जानकारी दिए ।

आसपासका प्रहरीचौकी र अछामबाट पनि प्रहरी घटनास्थलमा पुगेको वडाध्यक्ष माझीले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्