Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पत्रकार महासंघको चुनाव असार दोस्रो साता सर्‍यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, २६ गते


Advertisement

काठमाडौं, जेठ २६- श्रमजीवी पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघको चुनाव सरेको छ। आजका लागि तय भएको चुनाव असारको दोस्रो साता हुने भएको हो।

मतदाता नामावलीमा देखिएको विवादका कारण निर्धारित मितिमा चुनाव नहुने भएको महासंघका अध्यक्ष विपुल पोखरेलले जानकारी दिए। विवाद समाधानको प्रयास जारी रहेको र अध्यक्ष मण्डलसँगको परामर्शमा मतदानको मिति सारेको उनले बताएका छन्।

‘मतदाता नामावलीमा देखिएको विवाद समाधानका लागि प्रयास जारी रहेकाले आउँदो असार दोस्रो हप्ताभित्रै मतदान गर्नेगरी अध्यक्ष मण्डलसँगको परामर्समा अर्को मिति तय हुने जानकारी गराइन्छ’, उनले भनेका छन्।

निर्वाचन समिति गठन गर्न बाँकी शाखा समिति, एसोसिएट संस्था र प्रदेश समितिलाई यथाशीघ्र निर्वाचन समिति गठन गरेर जानकारी गराउन उनले आग्रह गरेका छन्। असार दोस्रो साताभित्र मतदान गर्ने भनिए पनि मिति भने तोकिएको छैन ।


प्रतिकृया दिनुहोस्