Skip

Hamro Sanchar

हावाहुरीका कारण फेवातालको बिचमा फसेकी विदेशी नागरिकको उद्धार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, १७ गते


कास्की, जेठ १७- हावाहुरीका कारण पोखराको फेवातालमा फसेकी एक विदेशी नागरिकको सकुशल उद्धार गरिएको छ । बिहीबार दिउँसो आएको हावाहुरीका कारण बिच तालमा फसेकी अस्ट्रेलियान नागरिक लाउराको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेका हुन् ।

२७ वर्षीया लाउरा डुङ्गा लिएर तालको बिचमा पुग्दा हावाहुरी आएको थियो । त्यसपछि उनले उद्धारका लागि चिच्याएपछि उद्धार गरिएको थियो ।


प्रतिकृया दिनुहोस्