
काठमाडौं, जेठ ८- काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ५ मा शंकास्पद अवस्थामा मृत फेला परेका पुरूषको पहिचान खुलेको छ ।
मृतक पुरूष चाँगुनारायण नगरपालिका वडा नम्बर ५ छालिङका कृष्ण नगरकोटी भएको प्रहरी वृत्त बौद्धले जानकारी दिएको छ ।
मृतक ५२ वर्षीय नगरकोटीको साथमा रहेको सवारी चालक अनुमति पत्रका आधारमा पहिचान खुलेको हो ।
नगरकोटी मंगलबार बिहान साढे पाँच बजेतिर मृत अवस्थामा फेला गरेका थिए । उनको शव मुलपानीबाट थलीतर्फ जाने सडकको बायाँतर्फको निर्माणाधीन पर्खालमा फेला परेको थियो ।
उनको शव सडकबाट दस मिटरमुनि फेला परेको प्रहरीले जनाएको छ ।
थलीको उकालोमा शव क्षतबिक्षत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुग्दा कालो कपडाले मुख छोपेको र रगत बगिरहेको देखिएको छ । घटनास्थलमा ब्लेडसमेत फेला परेको छ ।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
यो पनि- थली उकालोमा एकाबिहानै पुरुषको शव फेला, घटनास्थलमा नगरकोटीको लाइसेन्स फेला


















