Hamro Sanchar

सडक पेटीमा बस्ने ७ जनाले हत्या गरे प्रहरी जवानको, हवाई फायर गर्नुपर्यो समात्न

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, ६ गते


Advertisement

काठमाडौं, जेठ ६- नेपाल प्रहरीका जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले एकजना नाबालकसहित ७ जनालाई सार्वजनिक गरेको छ । आइतवार बिहान पक्राउ परेका सातौ जनालाई पत्रकार सम्मेलन गरेर प्रहरीले सार्वजनिक गरेको हो ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा २१ वर्षीय सचिन परियार, १६ वर्षीया अन्जली श्रेष्ठ, २१ वर्षीया बसुन्धरा कार्की, ५६ वर्षीया नुनमाया कार्की, २१ वर्षीय बुद्ध लामा, ३० वर्षीय अमृत तामाङ र एक जना १३ वर्षीय नाबालकलाई पक्राउ गरेर आइतवार सार्वजनिक गरेको हो । उनीहरू सबै सडक पेटी तथा निर्माणाधीन घरहरूमा आश्रय लिँदै आएका थिए ।

उनीहरूलाई अस्ट नारायण हल पछाडि २२ धारा जङ्गलबाट भाग्न लागेको अवस्थामा पक्राउ प्रहरीले प्रक्राउ गरेको थियो । पक्राउ गर्ने क्रममा प्रहरीले १ राउन्ड हवाई फायर समेत गरेको थियो ।

ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत प्रहरी जवान घिमिरेको शव शुक्रवार काठमाडौँको तार्केश्वर–९ मनमैजुमा शङ्कास्पद अवस्थामा फेला परेको थियो । खोटाङको मजुवागढी गाउँपालिका–१ घर भएका घिमिरेको टाउको र शरीरका विभिन्न भागमा चोट देखिएको छ । स्थानीय जोनस खत्रीको निर्माणाधीन घरको भुईँ तलामा बोराले छोपेको अवस्थामा शव फेल परेको थियो । घिमिरे सामाखुसीमा डेरा गरी बस्दै आएका थिए ।


प्रतिकृया दिनुहोस्