Skip

Hamro Sanchar

ललितपुर आगलागी : दुई छोरी र आमापछि भेन्टिलेटरमा उपचाररत बुवा पनि रहेनन्

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, ६ गते


ललितपुर, जेठ ६- ललितपुरको बाफलमा आगलागीमा परी घाइते भएका सञ्जय गिरीको पनि मृत्यु भएको छ । भेन्टिलेटरमा उपचार गराइरहेका भएका सञ्जयको उपचारका क्रममा शनिबार किष्ट अस्पतालमा मृत्यु भएको हो ।

वैशाख २३ गते ललितपुर महानगरपालिका वडा नम्बर १७ बाफलस्थित टिनले छाएको टहरामा आगलागी हुँदा एकै परिवारका पाँच जना घाइते भएका थिए ।

योसँगै मृत्यु हुनेको संख्या चार पुगेको छ ।

सञ्जयकी श्रीमती रूपाको पनि उपचारका क्रममा वैशाख ३१ गते किष्ट अस्पतालमै मृत्यु भएको थियो ।

उनीहरूका दुई जना छोरीहरू ८ वर्षीया अलिसा र ४ वर्षीया प्रियाको पनि उपचारकै क्रममा वैशाख २४ गते मृत्यु भएको थियो ।

भतिज नाता पर्ने नित गिरी भने सामान्य घाइते छन् । उनको पनि किष्ट अस्पतालमा उपचार भइरहेको एसपी सुवेदीले जानकारी दिए ।

मोबिल खन्याइरहँदा लाइटर बालेपछि आगलागी भएको थियो ।


प्रतिकृया दिनुहोस्