Hamro Sanchar

अन्ततः सत्तारूढ दल र कांग्रेसबीच जुट्यो सहमति, सहकारी प्रकरणमा छानबिन समिति बन्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, ५ गते


Advertisement

काठमाडौं, जेठ ५- सत्तारूढ दल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउने सहमति भएको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ ‍दल र कांग्रेस नेताहरूबीचको बैठकले छानबिन समिति बनाउने निर्णय गरेको बैठकमा सहभागी कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।

यद्यपि उक्त समितिको कार्यादेश के हुने भन्ने विषयमा दलहरु टुंगोमा पुगेका छैनन् ।

संसदीय समितिको कार्यादेश बनाउन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी र दलहरुका प्रतिनिधि संलग्न कार्यदलले भोलि विहानदेखि काम गर्ने बताइएको छ ।

सहकारीको वचत रकम अपचलनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने संलग्न भएको घटना सार्वजनिक भएको भन्दै कांग्रेसले यस विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएको थियो ।


प्रतिकृया दिनुहोस्