रामेछाप, जेठ ५- रामेछापमा नेपाली कांग्रेसको भातृ संगठन आदिवासी जनजाति महासंघको जिल्ला अधिवेशनमा झडप भएको छ ।
खाँडादेवी गाउँपालिका वडा नम्बर ८ स्थित गाल्बा बजारमा शनिवार आयोजित जनजाति महासंघको प्रथम जिल्ला अधिवेशन उद्घाटन सत्रमै आसन ग्रहणका क्रममा विवाद हुँदा केही नेता कुटिएका हुन् ।
रामेछापका डिएसपी प्रदिपकुमार सिंहका अनुसार जितवहादुर मगर र बेनवहादुर तामाङ घाइते भएका छन् । मगर २०७४ सालको निर्वाचनमा प्रदेश सभा सदस्यका उम्मेदवार थिए भने हाल कांग्रेस वागमती प्रदेश सदस्य हुन् ।
कार्यकर्तालाई भेदभाव गरेको आरोप लगाउँदै महाधिवेशन प्रतिनिधि भरत चौलागाई र जिल्ला कार्य समितिका उपसभापति नवराज थोकरलाई आक्रोशित कार्यकर्ताले गाल्बाबाट लखेटेका छन् । कार्यकर्ताले महाधिवेशन प्रतिनिधि भरत चौलागाई र जिल्ला कार्य समितिका उपसभापति नवराज थोकरलाई गाल्बाबाट लखेटेका छन् ।
भागेका केही नेता हेलिकोप्टर मगाएर काठमाडौं फर्किदैछन् भने सांसद तथा जिल्ला सभापति कान्छाराम तामाङलाई प्रहरीले सुरक्षितरुपमा मन्थली लगेको बताइएको छ ।
कुटाकुटपछि कार्यक्रम स्थगित भएको छ ।