Skip

Hamro Sanchar

६१ वर्षीय वृद्धबाट १२ वर्षीया बालिका बलात्कृत

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, ५ गते


कञ्चनपुर, जेठ ५- कञ्चनपुरमा बालिकालाई करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

बेलौरी नगरपालिका-५ भकुण्डाकी १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ६१ वर्षीय राम ज्ञान चौधरीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।

उनले ती बालिकालाई पटक–पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई शुक्रवार पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 


प्रतिकृया दिनुहोस्