काठमाडौँ, जेठ ४- अधिवक्ता दीपेन्द्र झाले पनि उपेन्द्र यादवको साथ छोडेका छन् । झाले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट राजीनामा दिएका छन् ।
अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी निर्माणमा अधिवक्ता समेत रहेका झाको हात रहेको आरोप लागिरहेको बेला उनले राजीनामा दिएका हुन् ।
जसपा नेपालको तर्फबाट सर्वोच्च अदालतमा दायर रिटमा समेत विभाजनबारेमा आफूलाई जोडिएपछि बहसमा उपस्थित नभएको उनको भनाइ छ ।
उनले राजिनामापत्रमा भनेका छन्, ‘विपक्षी बनाइएका केही नेताहरूसँग मेरो सम्बन्ध रहेको र उनीहरूको कैयौँ मुद्दा मेरो ल फर्मबाट हेरिने भएकोले स्वार्थ बाझिने हिसाबले मैले कुनै पक्षमा पनि बहस गर्न उचित ठानिनँ ।’
आफू एक जना कानुन व्यवसायी भएको नाताले स्वार्थ बाझिने र अविश्वास भएको मुद्दाबाट आफूलाई अलग गर्नु आफ्नो पेसागत धर्म रहेको झाको भनाइ छ ।