
धनुषा, जेठ ४- धनुषामा कुटपिटबाट १२ वर्षीया बालिकाको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका-९ क्वाटर टोलमा छिमेकीको कुटपिटबाट १२ वर्षीया बालिकाको मृत्यु भएको हो ।
कुटपिटबाट गम्भीर घाइते भएकी लालबाबु कापरकी छोरी १२ वर्षीया छोरी ललिता कुमारी कापरको ललिताको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा निधन भएको थियो ।
प्रहरीले कुटपिटमा संलग्न सोही ठाउँका ६५ वर्षीय प्रेमबहादुर तामाङलाई आज (शुक्रबार) बिहान पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गत वैशाख २७ गते ललिताले आफ्नै फुपुको बारीमा रहेको फोहोरको थुप्रोमा आगो बालेको विषयमा प्रेमबहादुरले कुटपिट गरेका थिए ।