Hamro Sanchar

यादव बाहिरिएसँगै अशोक राई नेतृत्वको जसपा सरकारमा सहभागी हुँदै, आजै तीन मन्त्री पठाईदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, ३१ गते


Advertisement

काठमाडौं, बैशाख ३१- उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल सरकारबाट बाहिरिएसँगै अशोक राई नेतृत्वको जसपा सरकारमा सहभागी हुने भएको छ ।

राई नेतृत्वको जनता समाजवादी पार्टीले तीनजनालाई सरकारमा पठाउने तयारी गरेको छ ।

जसपा महासचिव इस्तियाक राईका अनुसार प्रदीप यादव, हसिना खान र रञ्जु झा सरकारमा सहभागी हुनेछन् ।

यादव स्वास्थ्यमन्त्री, खान राज्यमन्त्री र झा विनाविभागीयमन्त्री बन्ने बुझिएको छ । उनीहरूको शपथ सम्भव भए आज साँझ हुने गरी तयारी भइरहेको छ ।

सरकारमा सहभागी जसपा नेपालका अध्यक्ष यादव र दीपक कार्कीले पदबाट आजै राजीनामा दिइसकेका छन् । पार्टी फुटेपछि राई नेतृत्वको जसपामा लागेका नवलकिशोर साह सुडी यसअघि नै वन तथा वातावरणमन्त्री छन् ।


प्रतिकृया दिनुहोस्