काठमाडौँ, वैशाख ३१- अन्ततः जनता समाजवादी पार्टी नेपालले प्रचण्ड सरकारमाथिको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
आज (आइतबार) अपरान्ह बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिदै सरकारबाट बाहिरिने निर्णय गरेको हो । यस निर्णयलाई आज औपचारिक रुपमा सार्वजनिक गरिने जसपा नेपालका एक नेताले जानकारी दिए । यस्तै अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले आजै राजीनामा दिने छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यादवलाई राजीनामा गरेर बाटो खोलिदिन आज सन्देश पठाएका थिए ।
जसपा नेपालबाट अशोक कुमार राईसहितको बहुमत सांसदले पार्टी फुटाएर जसपा बनाएपछि उपेन्द्र यादव संकटमा परेका थिए ।