Hamro Sanchar

मधेस सरकारबाट एमालेले पनि बाहिरियो, मुख्यमन्त्री यादव अल्पमतमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, ३० गते


Advertisement

जनकपुरधाम, वैशाख ३०- नेकपा एमाले पनि मधेस प्रदेश सरकारबाट बाहिरिएको छ ।

जसपा संसदीय दलका नेता सरोजकुमार यादव नेतृत्वको सरकारमा रहेका एमालेका मन्त्रीहरूले राजीनामा बुझाएका छन् ।

मधेस भवनस्थित रहेको मुख्यमन्त्री निवासमा पुगेर एमालेका चार जना मन्त्री र दुई राज्यमन्त्रीले राजीनामा बुझाएका हुन् ।

एमाले संसदीय दलका नेता सरोजकुमार यादव भौतिक पूर्वाधार तथा विकास, राजकुमार लेखी गृह तथा सञ्चार, प्रमोद जयसवाल शिक्षा तथा संस्कृति र शत्रुधनप्रसाद सिंह स्वास्थ्य तथा जनसंख्या मन्त्री थिए ।

त्यसैगरी केशव राय र शारदादेवी थापा राज्यमन्त्री थिए । यसअघि आजै नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले समेत राजीनामा बुझाएका थिए ।

यससँगै मुख्यमन्त्री यादव नेतृत्वको सरकार अल्पमतमा परेको छ । भने नयाँ सरकार गठनका लागि पहल सुरु हुनेछ ।


प्रतिकृया दिनुहोस्