Skip

Hamro Sanchar

लत्रिएको वाइफाइको तारबाट लागेको करेण्टमा परी श्रीमतीको मृत्यु, श्रीमान घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, २९ गते


सर्लाही, बैशाख २९- सर्लाहीको ईश्वरपुर नगरपालिका ९ रामनगरमा करेण्ट लागेर श्रीमतीको मृत्यु भएको छ । घटनामा श्रीमान् घाइते भएका छन् ।

रामनगरका राम महतोकी श्रीमती २८ वर्षीया कुसुमदेवी महतोको करेण्ट लागेर मृत्यु भएको हो । चुँडिएर लत्रिएको वाइफाइको तार उठाउन खोज्दा सुरुमा श्रीमान् ३४ वर्षीय रामलाई करेण्ट लागेको प्रहरीले जनाएको छ ।

श्रीमानलाई करेण्ट लागेपछि तार छुटाउन खोज्दा श्रीमती कुसुमदेवीलाई समेत करेण्ट लागेको स्थानीयले बताएका छन् । दुवै जनालाई तत्कालै उद्धार अस्पताल बर्दिबास पुर्‍याइएको थियो ।

कुसुमदेवीलाई बर्दिबास पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय केशरगञ्जका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिए । श्रीमान् रामको भने बयलवासमा उपचार जारी छ ।


प्रतिकृया दिनुहोस्