Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पशुपती चौँलागाईको स्मृतिमा ‘दोलखा-काठमाडौं सम्पर्क मन्च’द्धारा पुस्तक विमोचन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, २८ गते


Advertisement

काठमाडौं, बैशाख २८- दोलखाका स्वर्गीय सांसद पशुपति चौँलागाईको स्मृतिमा ‘दोलखा-काठमाडौं सम्पर्क मन्च’ले  पुस्तक विमोचन गरेको छ ।

स्वर्गीय सांसद चौँलागाईको तेस्रो स्मृतिमा नेकपा एकीकृत समाजवादी निकट मन्चले शुक्रबार एक बिशेष कार्यक्रमको आयोजना गरि पुस्तक विमोचन गरेको हो ।

नेकपा एसको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष माधव कुमार नेपालले “स्मृतिमा पशुपति चौँलागाई” नामक पुस्तक विमोचन गरेका थिए ।

विमोचन कार्यक्रममा अध्यक्ष नेपालले स्व.पशुपति चौलागाईं आफूले भर गरेको नेता मध्येको एक व्यक्ति भएको बताए । उनले भने, ‘पशुपति एक प्रभावशाली नेता हुनुहुन्थ्यो । मैले भर गरेको नेता हुनुहुन्थ्यो । उहाँको बारेमा विभिन्न व्यक्तिका लेखहरू समेटेर निक्कै महत्वपूर्ण स्मारिका प्रकाशन गर्नु भएको छ । यसका निम्ति सम्पर्क कमिटीलाई धन्यवाद दिन चाहान्छु । साथै परिवारका सदस्यहरूलाई धैर्य रहन अनुरोध गर्दछु । तपाईंहरूको संघर्षमा पार्टीको साथ रहनेछ ।’

मञ्चका अध्यक्ष विकल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य तथा निर्वाचन आयोग प्रमुख माधव पौडेल, सावित्रा भुसाल, पोलिटब्यूरो सदस्य तथा दोलखा इन्चार्ज शिवप्रसाद भण्डारी, केन्द्रीय सदस्य तथा सहइन्चार्ज गोपाल न्यौपाने, माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य गंगा कार्की, नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा नेपाल जनजाती महासंघ (समाजवादी) का इन्चार्ज तथा अध्यक्ष पासाङ सेर्पा, दोलखा जिल्ला कमिटी अध्यक्ष भीम दाहाल, राष्ट्रियसभा सदस्य घनश्याम रिजाल (विश्वकर्मा), दोलखा-काठमाडौँ सम्पर्क मञ्का पूर्व अध्यक्ष हरिहर कार्की, रामसरण खाँती, त्यस्तै पत्रकार सरोज दाहाल, स्वं चौलागाईंका छोरा सुमन चौलागाईं लगायतले मन्तव्य राखेका  थिए ।

कार्यक्रममा स्व.नेता पशुपतिको राजनीतिक व्यक्तित्वमाथि केन्द्रीत रहेर वक्ताहरूले मन्तब्य राखेका थिए ।

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य हस्त शाही, चुनु केसी, नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेश कमिटी सचिवालय सदस्य बाबुकाजी कार्की, सदस्यहरू सोमप्रसाद शर्मा, कुमारराज शर्मा, जिल्ला कमिटी दोलखाकी उपाध्यक्ष अशोक दाहाल, संगीता पाख्रीन, अनेमसंघ (समाजवादी) का केन्द्रीय सदस्य तारा तामाङ विभिन्न जनवर्गीय संगठनका नेताहरूको उपस्थिति रहेको थियो ।

स्वर्गीय सांसद चौँलागाईको स्मृतिमा शुक्रबार एकीकृत समाजवादी र नेकपा एमालेले छुट्टा-छुट्टै कार्यक्रमको आयोजना गरेका थिए । एमाले निकट ‘दोलखा काठमाडौं सम्पर्क मन्च’ले बरिष्ठ उपाध्यक्ष इश्वर पोख्रेलको प्रमुख आतिथ्यमा तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा स्मृति दिवस मनाएको छ ।

स्वर्गीय सांसद पशुपति चौँलागाईको स्मृतिमा उनकै गाउँमा पुरुष भलिबल प्रतयोगिता हुने भएको छ ।

सांसद चौँलागाईको निधनपछि दोलखा सदरमुकाम चरिकोटस्थित चरिकोट अस्पताललाई पशुपति चौँलागाई स्मृतिमा अस्पतालबाट नामकरण गरिएको छ ।

दोलखाको वैतेश्वर गाउँपालिका वडा नम्बर ४ काभ्रे स्थायी घर भएका स्वर्गीय सांसद पशुपति चौलागाईको २०७८ साल बैशाख २८ गते कोरोना संक्रमणका कारण ६२ बर्षको उमेरमा निधन भएको थियो ।


प्रतिकृया दिनुहोस्