आज : २०८१ आश्विन १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

टेलिकमले प्राधिकरणलाई बुझायो २० अर्ब

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, २७ गते


Advertisement

काठमाडौं, वैशाख २७- नेपाल टेलिकमले प्राधिकरणलाई एकैपटक २० अर्ब रूपैयाँ बुझाएको छ ।

जिएसएम मोबाइल सेवाको अनुमतिपत्र लिएबापत टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणलाई बुझाउनुपर्ने २० अर्ब रूपैयाँ मंगलबार बुझाएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेले बताए ।

नेपाल टेलिकमले २०५६ सालमा जिएमएम सेवाको लागि अनुमतिपत्र लिएको थियो । सेवा लिएबापत कम्पनीले २०७६ सालमै तेस्रो नवीकरण दस्तुर बुझाउनुपर्ने थियो । तर सो रकम कम्पनीले मंगलबार बुझाएको हो ।

टेलिकमको २५ वर्षे लाइसेन्स म्याद वैशाख २८ गते सकिँदैछ । यसपछि कम्पनीले नयाँ अनुमति पत्र लिनुपर्ने हुन्छ ।

 


प्रतिकृया दिनुहोस्