Hamro Sanchar

कोशीको मुख्यमन्त्रीमा एमालेले आज दाबी पेस गर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, २७ गते


Advertisement

काठमाडौँ, बैशाख २७- कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले हिजो राति नयाँ सरकार गठनको आह्वान गरेपछि आज नेकपा एमालेले दाबी पेस गर्ने भएको छ । आज बिहान १० बजेसम्ममा नयाँ मुख्यमन्त्रीको दाबी प्रस्तुत गर्दै एमाले र माओवादी प्रदेश प्रमुखसमक्ष जाने तयारी गरेका छन् ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसारकै सरकार गठनको आह्वान भएको हुँदा दिउँसो सबै सांसदको सनाखत गर्ने प्रदेश प्रमुखको कार्यालयको तयारी रहेको छ ।

जसका लागि एमालेले आफ्ना सबै सांसदलाई बिहान ११ बजेसम्ममा संसद् सचिवालयमा भेला हुन निर्देशन दिएको छ । यस्तै माओवादी केन्द्रले पनि सबै आफ्ना सांसदहरूलाई परिचयपत्रका साथमा १० बजे संसद् सचिवालय आउन आग्रह गरेको जनाएको छ ।

एमाले नेताहरूका अनुसार प्रदेश प्रमुखले सनाखत गरेर आज नै नयाँ मुख्यमन्त्रीको रूपमा हिक्मतकुमार कार्कीलाई नियुक्ति गर्ने र शपथग्रहण गराउने तयारी गरेका छन् ।


प्रतिकृया दिनुहोस्