नुवाकोट, बैशाख २५- नुवाकोटमा स्कुल बस र मोटरसाइकल ठोक्किँदा मंगलबार २ को मृत्यु भएको छ । जिल्लाको बेलकोटगढी नगरपालिका ८ शिरखालीमा दुर्घटना हुँदा काठमाडौं बस्ने २७ वर्षीय रुविन रावल र ललितपुर बस्ने २६ वर्षीय स्वीकार रानाको मृत्यु भएको हो ।
दुर्घटनामा २ जना घाइते भएका छन् ।
देवीघाटबाट काशीतारतर्फ जाँदै गरेको अर्किड एकेडेमी नुवाकोटको बा ३ ख ३७२२ नम्बरको स्कुल बस र सोही दिशामा जाँदैको वाग्मती प्रदेश ०२-०४६प १५२९ र वाग्मती प्रदेश ०२-०४४प ३६९२ नम्बरको मोटरसाइकल बेलुकी ५ बजेतिर घुम्तीमा ठोक्किएको थियो ।
प्रहरीकाअनुसार घाइते २ जनालाई उपचारका लागि काठमाडौं महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) लगिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

















