
काठमाडौं, वैशाख २५- आगलागीबाट आमा-छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुंगामा सिद्धिचरण नगरपालिका-१० बेतेनीका ५५ वर्षीया पुण्यमाया धमला र उनका १६ वर्षीय छोरा कञ्चन धमलाको मृत्यु भएको हो ।
सोमबार दिउँसो बेतेनीस्थित बसाहा हरिबोले सामुदायिक वनमा लागेको आगलागी नियन्त्रणमा लिन खोज्दा उनीहरुको जलेर मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।














