Skip

Hamro Sanchar

परीक्षा दिएर घर फर्किँदै गरेकी १८ वर्षीया एनिकामाथि गोलि प्रहार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, २१ गते


दमक (झापा), वैशाख २१- झापाको दमकमा एक जना छात्रामाथि गोली प्रहार भएको छ ।

दमकस्थित हिमालय माध्यामिक विद्यालयकी कक्षा १२ की छात्रा एलिना अधिकारीमाथि गोली प्रहार भएको हो ।

कक्षा १२ को परीक्षा दिएर घर फर्किँदै गरेकी एलिनामाथि बाटो ढुकेर बसेका यादवले गोली प्रहार गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । उदयपुर स्थायी घर भएकी एनिका दमकमा डेरा गरी पढ्दै आएकी थिइन् । दमकको वडा नम्बर ५ स्थित ज्येष्ठ नागरिक प्रतिष्ठान अगाडि गोली हानेर यादव फरार भएको प्रहरीले जनाएको छ ।

लाइफलाइन अस्पताल दमकमा उपचारका लागि भर्ना गरिएकी एलिनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।


प्रतिकृया दिनुहोस्