काठमाडौं, बैशाख २०- अदालतको अवहेलना मुद्दामा सिधाकुरा अनलाइनलाई अडियो उपलब्ध गराउने व्यक्तिलाई उपस्थित गराउन सर्वोच्चले आदेश दिएको छ ।
अडियोको स्रोत भनिएका ललितपुरको गोदावरी बस्ने राजकुमार तिमिल्सिनालाई बयानका लागि अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले भनेको हो ।
न्यायाधीशद्वय हरिप्रसाद फुयाल र महेश शर्मा पौडेलको संयुक्त इजलासले तिमिल्सिनालाई बयानका लागि २३ गते बिहान १० बजे अदालतमा उपस्थित गराउन आदेश गरेको छ ।
यसैगरी, सिधाकुरा अनलाइनका प्रकाशक युवराज कँडेलको बयान बिहीबार सम्पन्न भएको छ । आज अदालतमा उपस्थित भएका नवीन ढुंगानाको बयान नसकिएकाले हेर्दाहेर्दैमा राखी २१ गते १० बजे उपस्थित गराउन भनिएको छ ।
हेर्नुहाेस् आदेश :