Skip

Hamro Sanchar

सहकारी ठगीमा राप्रपा सांसद बस्नेतसहित १४ विरुद्ध पक्राउ पुर्जी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, १९ गते


नवलपरासी, बैशाख १९- नवलपुरको कावासोतीमा रहेको छिपछिपे सहकारी बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा राप्रपा सांसद गीता बस्नेतसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सांसद बस्नेत, सहकारीका अध्यक्ष गोपी शर्मासहित १४ जनाविरुद्ध संगठित अपराधअन्तर्गत पक्राउ गरी अनुसन्धान गर्न प्रहरीले अदालतबाट पुर्जी लिएको हो । बस्नेत राप्रपाकी समानुपातिक सांसद हुन् ।

सांसद सहितको समूहले डेढ करोड हिनामिना गरेको देखिएको छ । प्रहरीका अनुसार सो रकम गैरकानुनी रुपमा कृष्णसार नामक रिसोर्टमा लगानी गरेको खुलेको छ । सांसद बस्नेत अहिले फरार रहेको प्रहरीको भनाइ छ ।

सोही आधारमा बस्नेतको संलग्नता खुलेपछि प्रहरीले पक्राउ गर्न अदालतसँग अनुमति माग गरेअनुसार पक्राउ पुर्जी जारी भएको बार एसोसिएसन नवलपुरका अध्यक्ष चेतप्रसाद डुम्रेले बताए ।


प्रतिकृया दिनुहोस्