Hamro Sanchar

इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित, समानुपातिकमा पाए सबैभन्दा धेरै मत

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, १८ गते


Advertisement

इलाम, बैशाख १८- इलाम–२ मा नेकपा एमालेका सुहाङ नेम्वाङ निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई पराजित गर्दै नेम्वाङ प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् ।

नेम्वाङले २७ हजार ७७२ मत प्राप्त गरे । दोस्रो स्थानमा रहेका खड्काले २१ हजार ९४२ मत प्राप्त गरे । उनीहरुबिचको मतान्तर पाँच हजार ८३० मत रह्यो ।

त्यसैगरी तेस्रोमा पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाए । चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले पाँच हजार ५० मत ल्याए । मङ्गोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बूले आठ सय १६ मत प्राप्त गरे ।

एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । यो निर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा थिए ।

यस्तै नेम्वाङले समानुपातिकमा एमालेले पाएको भन्दा धेरै मत पाएका छन् ।

२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा एमालेले त्यस क्षेत्रमा समानुपातिकतर्फ २६ हजार ५६२ मत ल्याएका थियो ।

अहिले सुहाङले १ हजार २१० मत बढी ल्याए ।

२०८० भदौ २६ गते एमालेका नेता तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि गत वैशाख १५ मा यो क्षेत्रमा उपनिर्वाचन भएको हो ।


प्रतिकृया दिनुहोस्