
झापा, बैशाख १७- झापामा प्रहरी र लागुऔषध कारोबारीबीच भिडन्त भएको छ । लागुऔषध कारोबारीलाई पक्राउ गर्न खोज्ने क्रममा दोहोरो भिडन्त भएको हो । भिडन्तमा प्रहरीको गोली लागेर एक कारोबारी घाइते भएका छन् ।
झापा गाउँपालिका वडा नम्बर ३ स्थित नेपाल–भारत सीमा नजिकै लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली चलाएको हो ।
पक्राउ गर्न खोज्ने क्रममा प्रहरीमाथि नै आक्रमण भएपछि एक राउन्ड गोली प्रहार गरी कारोबारीलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
पक्राउ परेका कारोबारीबाट एक सय ३० ग्राम खैरो हेरोइन र एक थान खुकुरीसमेत बरामद भएको छ ।














