Hamro Sanchar

इलाम-२ : कांग्रेस-एमालेकै प्रतिस्पर्धा, घण्टीभन्दा मुडा अगाडि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, १६ गते


Advertisement

इलाम, वैशाख १६- इलाम क्षेत्र नम्बर २ मा आइतबार मतगणना भइरहेको छ । प्रारम्भिक मतपरिणामअनुसार नेपाली कांग्रेसका डम्बरबहादुर खड्का अगाडि छन् ।

उनलाई नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले पछ्याइरहेका छन् । प्रारम्भिक मतपरिणामअनुसार इलाम-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले भन्दा स्वतन्त्र उम्मेदवारले बढी मत ल्याएका छन् ।

यसरी हेर्दा नेपाली कांग्रेस र नेकपा एमालेबीच नै मुख्य प्रतिस्पर्धा देखिएको छ ।

फाकफोकथुम गाउँपालिकाको मतदान केन्द्रबाट सुरु भएको मतगणनाको पछिल्लो विवरणमा कांग्रेसका डम्बरबहादुर खड्काले ११४५ र एमालेका सुहाङ नेम्वाङले १०६३ मत पाएका छन् ।

तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ३११ मत पाएका छन् भने चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले २०९ मत पाएका छन् ।


प्रतिकृया दिनुहोस्