Hamro Sanchar

एकीकृत समाजवादी मकवानपुरको अध्यक्षमा पुन: दाहाल निर्वाचित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, १६ गते


Advertisement

काठमाडौँ, बैशाख १६- नेकपा एकीकृत समाजवादी मकवानपुरको अध्यक्षमा पुनः विष्णु दाहाल चयन भएका छन् । आइबार सम्पन्न पार्टीको मकवानपुरको ९औँ जिल्ला अधिवेशनले दाहालको अध्यक्षतामा ५८ सदस्यीय जिल्ला कमिटी निर्विरोध चयन गरेको हो ।

अधिवेशनबाट एकीकृत समाजवादी जिल्ला कमिटीको उपाध्यक्षमा कल्पना विक, सचिव ध्रुव भुजेल तथा उपसचिवमा टंक मुक्तान, कविन पन्त र बेगम बराल चयन भएका छन् ।

तीन वर्षे कार्यकालका लागि चयन गरिएको दाहाल नेतृत्वको कमिटीमा एक एक उपाध्यक्ष र एक सदस्य पछि पछि मनोनयन गरिने छ ।

पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले शनिबार अधिवेशनको उद्घाटन गरेका थिए । जिल्लामा समाजवादीले चार हजार बढी सदस्य बनाइ सकेको दाबी गरेको छ ।


प्रतिकृया दिनुहोस्