Hamro Sanchar

आचारसंहिता उल्लंघन गरेर रास्वपा उम्मेदवार मिलन लिम्बूले गरे मतदान

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, १५ गते


Advertisement

विराटनगर, वैशाख १५- राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले निर्वाचन आचारसंहिताको उल्लंघन गरेरै मतदान गरेका छन् । प्रतिनिधि सभा अन्तर्गत इलाम क्षेत्र नम्बर २ मा आज (शनिबार) भइरहेको मतदानमा लिम्बूले निर्वाचन आचारसंहिताको उल्लंघन गरेका हुन् ।

निर्वाचन आयोगका अनुसार मतदान केन्द्रमा कुनै पनि दलको निर्वाचन चिन्ह अंकित पोशाक वा ब्याज लगाउन पाइन्न । तर, रास्वपा उम्मेदवार लिम्बूले भने आफ्नो चुनाव चिह्न घन्टी अंकित भएको ब्याज लगाएरै मतदान गरेका थिए ।

बिहान सात बजे सुरु भएको मतदानमा साढे १० बजेसम्ममा २० प्रतिशत मतदाताले मताधिकार प्रयोग गरिसकेका छन् ।


प्रतिकृया दिनुहोस्