काठमाडौं, बैशाख १५- इलाममा भइरहेको उपनिर्वाचन मतदानमा अहिलेसम्म २० प्रतिशत मत खसेको छ ।
अहिलेसम्म २३ हजार भन्दा बढी मत खसेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन् ।
इलाम २ मा मतदाता १ लाख १५ हजार ८ सय ८९ मतदाता रहेका बताइएको छ । अहिलेसम्म सबै मतदान केन्द्रहरूमा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको उनले बताए ।
बिहान ७ बजेदेखि सुरु भएको मतदान १०:३० बजेसम्म सबैतिर शान्तिपूर्ण र मर्यादित रूपमा भइरहेको उनको भनाइ छ । उपनिर्वाचनमा १२ दल र सात स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् ।
इलाम २ मा ७९ मतदान स्थल र एक सय ४९ वटै मतदान केन्द्र रहेका छन् ।