Hamro Sanchar

म्यान्मारकी नेत्री सु कीलाई अब घरमै नजरबन्द राखिने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, ६ गते


Advertisement

काठमाडौँ, बैशाख ६- म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङ सान सु कीलाई घरमै नजरबन्द राखिने भएको छ । जुन्ता सरकारले कैदीहरूलाई लुको लहरबाट बचाउने कदम चालेको घोषणा गरेसँगै कारागारमा रहेकी म्यान्माकी प्रजातन्त्रवादी नेत्री सु कीलाई कारागारबाट घरमा नजरबन्द गरिएको हो ।

भ्रष्टाचारदेखि कोभिड–१९ नियमहरूको उल्लङ्घनसम्म धेरै आपराधिक अभियोगमा ७८ वर्षीय नोबेल पुरस्कार विजेता सु कीले २७ वर्षको कारागार सजाय काटिरहेकी छिन् ।

सन् २०२१ को सैन्य विद्रोहमा सत्ता कब्जा गरेर सेनाले हिरासतमा लिएपछि सु कीलाई नजरबाट लुकाइएको थियो ।

नाम उल्लेख नगर्ने शर्तमा एक सैन्य अधिकारीले सु की र पूर्वराष्ट्रपति विन मिन्टलाई कारागारबाट सारेर घरमा नजरबन्द गरिएको बताए ।

मुलुकको नयाँ वर्षको उत्सव मनाउन नियमित आममाफीको एक भागका रूपमा तीन हजार तीन सय केदीलाई रिहा गरिने जुन्ता सरकारले घोषणा गरेको छ ।


प्रतिकृया दिनुहोस्