Hamro Sanchar

दुई मन्त्री लिएर ओलाङ्चुङगोला जाँदै एमाले अध्यक्ष केपी ओली

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० चैत्र, २९ गते


Advertisement

काठमाडौं, चैत २९- पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज ताप्लेजुङको ओलाङचुङगोला जाने भएका छन् ।

एमाले ताप्लेजुङको पार्टी कार्यालयको भवन उद्घाटनको लागि अध्यक्ष ओली ताप्लेजुङ आज ताप्लेजुङ आउन लागेको नेकपा एमाले ताप्लेजुङका कार्यबाहक अध्यक्ष सन्तोष खतिवडाले जानकारी दिए ।

ओलीसँगै उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र रक्षामन्त्री हरि उप्रेती पनि ताप्लेजुङ जाने अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।

अध्यक्ष ओलीको टोलीले निर्माणधीन तमोर करिडोरको सडकको समेत निरीक्षण गर्ने तालिका छ । ओली त्यसपछि ओलाङचुङगोला पुग्नेछन् । सामारीक महत्वको यस ठाउँमा उत्तरी सिमाना चीनको रिउबाट गोला जोड्ने मोटरबाटो आइपुगेको छ ।

तमोर करिडोर मार्फत् ओलाङचुङगोला जोडिएपछि यहाँका बासिन्दालाई ओहोरदोहोर गर्न सहज भएको छ । सदरमुकाम फुङलिङबाट ६५ किलोमिटरमा रहेको ओलाङचुङगोलामा साना सवारीको ओहोरदोहोर हुन थालेको छ ।


प्रतिकृया दिनुहोस्