Skip

Hamro Sanchar

वैदेशिक रोजगारीबाट फर्कने बितिक्कै पत्नीको हत्या

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० चैत्र, २५ गते


तनहुँ,चैत २५- तनहुँमा एक व्यक्तिले आफ्नी पत्नीको हत्या गरेका छन् । व्यास नगरपालिका ५ साँगेका ४० वर्षीय जितबहादुर कुमालले आफ्नी पत्नी ३६ वर्षीया सुनमाया कुमालको हत्या गरेका हुन् । हत्यामा संलग्न जितबहादुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपकुमार रायले जानकारी दिए ।

‘शनिबार साँझ घर नजिकै बारीमा उनले धारिलो हतियार (दाउ) प्रहार गरी पत्नीको हत्या गरेको हाम्रो प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ डीएसपी रायले भने, ‘शव पोष्टमार्टमका लागि दमौली अस्पतालमा राखिएको छ ।’ घरायसी विवादमा उनले पत्नीको हत्या गरेको अनुमान प्रहरीले गरेको छ ।

‘जितबहादुर तीनरचार दिनअघि मात्रै वैदेशिक रोजगारी (भारत) बाट फर्किएको स्थानीयले बताएका छन्,’ डीएसपी रायले भने, ‘पति-पत्नीबीचको विवादको कारण खुलेको छैन । हामी थप अनुसन्धान गरिरहेका छौँ ।’ कुमाल दम्पतीका एक छोरा र एक छोरी छन् । आमाको मृत्यु र बाबु पक्राउ परेपछि उनीहरुको बिचल्ली भएको छ ।


प्रतिकृया दिनुहोस्