Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

झलनाथ खनालको दाबी : इलाम-२ मा एकीकृत समाजवादीले जित्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० चैत्र, २५ गते


Advertisement

काठमाडौं, चैत २५- पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले इलाम क्षेत्र नम्बर-२ को उपनिर्वाचनमा आफ्नो पार्टीले चुनाव जित्ने दाबी गरेका छन् ।

शनिबार इलाममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । आफ्नो पार्टीका उम्मेदवार जितबहादुर राईले चुनाव जित्ने बताउँदै अरु पार्टीहरुलाई उम्मेदवारी फिर्ता लिएर एकीकृत समाजवादीका उम्मेदवारलाई चुनावमा सहयोग गर्न आह्वान गरे ।

‘पछिल्लो सत्ता गठबन्धनका नेताहरुले बुद्धि पुर्‍याएर सत्ता गठबन्धन अघि बढाउनुको विकल्प छैन ।’ उनी भन्छन् ‘अहिले विचार मिल्नेहरुको बीचमा एकता सत्ता सहकार्य भएकाले लामो समय टिक्छ ।’

उनले अहिलेको सत्ता सहकार्य प्रतिष्पर्धाको मात्रै भएको बताए ।


प्रतिकृया दिनुहोस्