Skip

Hamro Sanchar

मोटरसाइकलको ठक्करबाट सोल्टीमोडमा पैदल यात्रीको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० चैत्र, १८ गते


काठमाडौँ, चैत १८- काठमाडौँको सोल्टीमोडमा मोटरसाइकलको ठक्करबाट पैदल यात्री एक वृद्धाको मृत्यु भएको छ । बा ८५ प ७१६७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी ती वृद्धाको ट्रमा सेन्टरमा उपचार भइरहेको थियो ।

उनको गएराति साढे ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार धादिङ घर भई हाल कालीमाटी बस्दै आएकी ७० बर्सिया लक्ष्मी तामाङको मृत्यु भएको हो ।

सडकमा पैदल हिँडिरहेकी तामाङलाई मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रतिकृया दिनुहोस्