Skip
आज : २०८२ कार्तिक २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

माओवादी केन्द्रका दाहाल राष्ट्रिय सभा अध्यक्ष भएसंगै उपाध्यक्ष उर्मिला अर्यालले दिइन् राजीनामा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० चैत्र, १५ गते


काठमाडौं, चैत १५- राष्ट्रिय सभा उपाध्यक्ष पदबाट उर्मिला अर्यालले राजीनामा दिएकी छन्। अर्यालले बिहीबार राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालसमक्ष राजीनामा पत्र बुझाएकी हुन्।

नेकपा (माओवादी केन्द्र) बाट दाहाल गत फागुन २९ गते राष्ट्रिय सभा अध्यक्ष निर्वाचित भएका थिए।

उपाध्यक्ष अर्याल पनि माओवादीबाटै २०७९ माघ २३ गते उपाध्यक्ष बनेकी थिइन्।

अहिलेको सत्ता गठबन्धन दलहरूबीच राष्ट्रिय सभा अध्यक्ष माओवादीले लिने सहमति थियो भने उपाध्यक्ष अन्य दलबाट लिने सहमति थियो।

सुरूमा उपाध्यक्ष एमालेले लिने दलहरूबीचको सहमति पत्रमा उल्लेख भए पनि नेकपा (एकीकृत समाजवादी) लाई गठबन्धनमा ल्याउँदा उक्त बुँदा हटाइएको थियो।


प्रतिकृया दिनुहोस्