Hamro Sanchar

मुलपानीबाट हराएका बृद्ध जहरसिङ पौवा सामुदायिक वनमा मृत भेटिए

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० चैत्र, १२ गते


काठमाडौं, चैत १२- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ मुलपानीबाट हराएका एक बृद्ध शंखरापुर नगरपालिका वडा नम्बर ३ को जहरशिंह पौवा सामुदायिक वनमा मृत अवस्थामा भेटिएका छन् ।

मुलपानीको राधाकृष्ण मन्दिरनजिक आफ्नै निवासबाट गत चैत ६ गते दिउँसो निस्केका ७१ बर्षिय टंक प्रसाद शिवाकोटी आज मृत अवस्थामा फेला परेका हुन् ।

दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ७ स्थायी घर भएका शिवाकोटी मोबाइल घरमै छोडेर निस्केका थिए । त्यसपछि उनि बेपत्ता भएका थिए । उनको शव जहरशिंह पौवा सामुदायिक वनको फेदीको जंगलमा भेटिएको हो ।

९ वटा विद्यालयका प्रधानाध्यापक चलाएका साथै तात्कालिन जनकपुर अंचलका विशिष्ट श्रेणीका प्रधानाध्यापकको उपमा पाएका शिवाकोटी जिल्ला शिक्षा कार्यालय दोलखामार्फत जिल्ला भरीका विद्यालयमा प्रशिक्षणसमेत दिने गरेका थिए ।

उनको मृत्यु बारे अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।


प्रतिकृया दिनुहोस्