Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

रुखको हाँगा लच्किएर हाइटेन्सन तार छुँदा आँखा अस्पतालका ल्याब टेक्निसियनको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० चैत्र, १२ गते


Advertisement

दाङ, चैत १२- कपिलवस्तुमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । हिजो (आइतबार) बेलुका सवा ६ बजे कपिलवस्तुको कृष्णननगर नगरपालिका-९ बहादुरगञ्जस्थित नारायणी आँखा अस्पतालमा कार्यरत ल्याब टेक्निसियन ३३ वर्षीय देवराज देवकोटाको करेन्ट लागेर मृत्यु भएको हो।

काप्रो टिप्न रुखमा चढेका देवराज रुखको हाँगा लच्किएर बिजुलीको हाइटेन्सनलाई छोइएपछि रुखबाट भूइमा खसेका थिए । अस्पताल संचालक समितिका सदस्य सुरेन्द्र खड्काका अनुसार भूइमा खसेका देवराजलाई उद्धार गरी मेडिकल कलेज भैरहवा लैजाने क्रममा मृत्यु भएको हो ।

उनको शब पोष्टमार्टमका लागि भिम अस्पताल भैरहवामा राखिएको छ ।


प्रतिकृया दिनुहोस्