Hamro Sanchar

सँगै सुतेका साथीले गरे धारिलो हतियार प्रयोग गरि हत्या

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० चैत्र, ८ गते


झापा, चैत ८- झापामा आफ्नै साथीले धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरेका छन् । भद्रपुर नगरपालिका–२ स्थित गौरीशङ्करमा अन्दाजी ३५ वर्षीय सनम राईको हत्या गरिएको हो ।

हत्या उनकै साथी अन्दाजी २५ वर्षीय लोकबहादुर राईले गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटना आज बिहान ५ बजेको हो ।

गएराति सनमको घरमा गएर सुतेका लोकबहादुरले सुतिरहेको अवस्थामा सनमको टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ । हत्या गरी लोकबहादुर घटनास्थलमै रहेको र उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।


प्रतिकृया दिनुहोस्