Hamro Sanchar

सासूससुराको स्याहारसुसार गर्ने ७५ जना बुहारी सम्मानित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० चैत्र, ६ गते


अर्घाखाँची, चैत ६- सन्धिखर्क नगरपालिकाले नगरभित्रका ७५ जना बुहारीलाई सम्मान गरेको छ । नगरपालिकाले नगरमा बोलाएर सम्मान गरेपछि सासूससुराको स्याहारसुसार गर्ने बुहारी पनि खुशी भएका छन् ।

नगरपालिकाका १२ वटै वडाभित्रका ९० वर्षमाथिका वृद्धवृद्धा पाल्ने ७५ जना बुहारीलाई सम्मान गरेको प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए ।

वृद्धवृद्धाको स्याहारसुसार गर्ने परिपाटी हराउन थालेपपछि सासूससुराको स्याहारसुसार गर्न प्रोत्साहन सम्मान गरेको नगरपालिकाले जनाएको छ ।


प्रतिकृया दिनुहोस्