Hamro Sanchar

कुवेत दुर्घटनाका विषयमा श्रममन्त्री अर्यालले लिए जानकारी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० चैत्र, २ गते


Advertisement

काठमाडौं, चैत २- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले कुवेतमा तीन जना नेपाली श्रमिकको ज्यान जाने गरी भएको सवारी दुर्घटना विषयमा जानकारी लिएका छन् । कुवेतस्थित नेपाली दूतावासमा सम्पर्क गरी मन्त्री अर्यालले मृतक श्रमिक र उनका परिवारको बिषयमा जानकारी लिएका हुन् ।

दूुतावासका अनुसार दुर्घटनामा परी काठमाडाैं सानो भर्‍याङका सुजन कार्की, अछामका सुरत बहादुर कडायत, धनुषाका धिरज गुर्मछान मगरको मृत्यु भएको हो ।

मन्त्री अर्यालले मृतक श्रमिकको शव नेपाल फर्काउनका लागि कुवेतस्थित नेपाली दूुतावास तथा वैदेशिक रोजगार बोर्डलाई आवश्यक पहल गर्न निर्देशन दिएका छन् । साथै दुर्घटनाप्रति गहिरो दुःख प्रकट गर्दै मृतक श्रमिकको परिवारले पाउने राहत प्रक्रिया अघि बढाउनसमेत निर्देशन दिएका छन् ।

कुवेतस्थित दूतावासले मृतक श्रमिकले पाउने क्षतिपूर्तिको निमित्त घटनाको प्रकृतिको सम्बन्धमा थप बुझन स्थानीय कानुन व्यवसायी परिचालन गरिएको बताएको छ । मंगलबार विहान कुवेतको महाबुल्ला क्षेत्रको सी साइड सडकमा भएको दुर्घटनामा परी एकै कम्पनीमा कार्यरत तीन जनाको नेपाली श्रमिकको दुर्घटनास्थलमै ज्यान गएको थियो ।


प्रतिकृया दिनुहोस्