काठमाडौं, फागुन ३०- नेपाली काँग्रेसका जुनियर नेताले प्रचण्डलाई बारम्बार धम्कीको भाषा बोलेपछि प्रचण्डले बुख खोलेका छन् । काँग्रेसका विश्वोप्रकाश शर्माले बोल्ने क्रममा एमाले र कांग्रेस मिल्दा तपाईको हालत के हुन्छ ? भनेका थिए । त्यसको जवा दिदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई एमालेसँग मिल्न चुनौती दिएका छन् ।
विश्वासको मत लिने आफ्नो प्रस्तावमाथि संसदमा उठेको प्रश्नको जवाफ दिने क्रममा उनले ठूलो दलहरु मिले तेरो हालत के हुन्छ भनेर आफूलाई दबावमा राख्न खोजेको बताए ।
‘ठूला दलहरु हामी मिल्यौं भने तेरो हालत के हुन्छ ? यसो भनेर पहिला पनि भनियो, आज पनि भनियो’ उनले भने, ‘मेरो त कामना छ, तपाईँहरु मिल्नुस् । तपाईँहरु सबै मिल्नुभयो भने माओवादी केन्द्र प्रमुख प्रतिपक्षमा बसेर देश र जनताको पक्षमा संविधानको पक्षमा, राष्ट्रियता सुदृढीकरणको पक्षमा लडिरहनछ ।’
प्रचण्डले अगाडि भने, ‘हिजो त तपाईँहरु सबै मिलेर टाउको काट्न खोजैकै हो नि त ।’ ठूलाहरु दल मिल्दा आफू नडाराउने उनले बताए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्वाद गरौं भनेर कांग्रेस सभापति शेरबहादुर देउवालाई राखेको प्रस्ताव स्मरण गर्दै उनले भने, ‘यहाँ पूर्व प्रधानमन्त्री केपी ओलीजीले बोल्दै गर्दा बोली नचल्ने भाषा एउटा मर्मका साथ प्रयोग गर्नुभयो । उतापट्टी माननीय पूर्वप्रधामन्त्री शेरबहादुर देउवाले अब बोल्ने हो भन्नुभो ।’
‘बोल्नुस्, म भन्छु, बोली फुकाउनुस् । बनाउनुस् सहकार्य,’ उनले भने, माओवादी केन्द्र, प्रचण्ड वा प्रधानमन्त्री त्यसबाट दबावमा पर्छ भन्ने भ्रम नराख्नुस् ।’
आफूलाई फाइदा हुुन्छ, राजनीतिक रुपमा हित हुन्छ भने मिल्न र त्यस्तो हुँदैन भन्ने लागेमा गठबन्धन छोड्न हरेक दल स्वतन्त्र रहेको उनले बताए ।