Skip

Hamro Sanchar

१० पटकसम्म स्वतन्त्रबाट वडाध्यक्षमा जितेका व्यञ्जनकारको निधन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० फागुन, २८ गते


काठमाडौं, फागुन २८- ललितपुर महानगरपालिका वडा नम्बर १० का पूर्व–वडाध्यक्ष नरसिंह व्यञ्जनकारको निधन भएको छ । आइतबार नर्भिक अस्पतालमा व्यञ्जनकारको निधन भएको हो ।

व्यञ्जनकार लगातार दश पटक स्वतन्त्र उम्मेदवारी दिएर ललितपुर महानगर वडा नम्बर १० का अध्यक्षमा निर्वाचित भएका थिए । गतको स्थानीय चुनावमा भने उनि नेपाली कांग्रेसबाट उम्मेदवार उठेका भतिज रविनमान व्यञ्जनकारसँग पराजित भएका थिए ।

व्यञ्जनकारको वडाध्यक्ष यात्रा २०२९ सालदेखि शुरू भएको थियो ।

त्यतिबेला उनले कांग्रेसबाट उठेका आफ्नै भाइ कर्मलाललाई हराएका थिए ।

उनले स्वतन्त्र उम्मेदवारमा उठेर पहिलो पटकमा नै चुनाव जितेका थिए ।


प्रतिकृया दिनुहोस्